१९ वैशाख, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा १ बासखर्कका जननिर्वाचित वडा अध्यक्ष जगबहादुर रोकामाथि सांघातिक आक्रमण भएको छ । वडाअध्यक्ष रोका माथि भएको आक्रणको विरोधमा युवा संघ नेपाल पर्वतले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ ।
युवा संघका जिल्ला अध्यक्ष सुनिल सिंह बानिया र जिल्ला सचिव आशिष श्रेष्ठद्धारा जाी विज्ञप्तिमा दोषीलाई तत्काल कारबाहीको माग समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ —‘ उक्त आक्रमण रोका माथि मात्र नभएर हाम्रो सिंगो पार्टी,संगठन र उहाँलाई आफ्नो अमुल्य मतदान गरी बिजयी गराउनुहुने सम्पुर्ण मतदाता प्रति भएको आक्रमणको रुपमा लिइएको छ ।’
‘जिल्ला युवा संघ उक्त आततायि कर्तुतको घोर निन्दा र भत्सना गर्दछ । साथै घटनामा संलग्न दोषिलाई कानुनी दायरामा ल्याई हदैसम्मको कार्वाही गर्न जोडदार माग रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
वडाअध्यक्ष रोका मलामी गएर घर फर्कदै गर्दा आक्रमणमा परेका थिए ।




