७ मंसीर, पर्वत । प्रदेश सभा सदस्यको मतगणना रोकिएको छ । प्रतिनिधि सभा तर्फको मतगणना भईरहे पनि प्रदेश सभाको मतगणना भने आज दिउँसो देखि रोकिएको हो ।
मुख्य निर्वाचन अधिकृत कार्यालय पर्वतका प्रवक्त राजु ढुंगानाले मतगणना कार्य रोकिएको जानकारी दिए । ढुंगानाका अनुसार समानुपाति र प्रत्यक्ष तर्फको मतगणना जारी रहेका कारण दुवै मतगणनालाई एकै पटक सक्नका लागि मत गणना कार्य स्थगीत गरिएको हो । अहिले प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र समानुपातिक तर्फको मतगणना भईरहेको छ ।
प्रतिनिधि सभा तर्फ प्रत्यक्ष र समानुपातिकको मतगणना सकिनै लाग्दा पुनः प्रदेश सभाको पनि मतगणना गरी दुवै तर्फको मतगणना एकै पटक सक्ने गरी मतगणना स्थगीत गरिएको हो । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपाति तर्फको मत गणना एकै साथ गर्न निर्देश दिएको छ । सोहि बमोजीम नै मत गणना कार्य स्थगीत भएको हो ।
प्रदेश सभा दुवैमय एमालेको अग्रता रहेको छ । प्रदेश सभामा १ मा भक्त कुँवर र प्रदेश सभा २ मा एमालेकै मित्रलाल बस्यालले अग्रता लिएका छन् ।




