Print

गिरीको अग्रता कायमै : एमालेको कोर एरिया गन्न अझै बाँकी

७ मंसीर, पर्वत । प्रतिनिधि सभाको जारी मतगणनामा नेकपा एमालेका उमेदवार पदम गिरीले अग्रता कायमै राखेका छन । अपरान्ह् ४ बजेसम्मको मतपरिणाम अनुहार उनले नेपाली कांग्रेसका उमेदवार अर्जुन जोशीलाई ११५० मतान्तरणले पछि पार्दै आफ्नो अग्रता कायम गरेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार गिरीले १९९९४ मत ल्याएका छन् भने जोशीले १८८४६ मत ल्याएका छन् । जारी मतगणनामा अहिले ११४८ को मतान्तर भएको छ ।

कुल ४२ मतपेटिका गन्न बाँकी रहेको बेला एमालेको आधार इलाका मानिने अझै २ दर्जन बढि वडाहरुको मत गन्न बाँकी रहेको छ । दुर्लुङको ३ मतपेटिका मध्ये १ वटा मतपेटिका अझै गन्न बाँकी छ । यसैगरी कुश्मा नगरपालिकाको पिपलटारी, ठुलिपोखरी, पकुवा, खौलाको मतगणना पनि बाँकी रहेको छ ।

मतपरिणामको विश्लेषण हेदा एमालेको आधार इलाकाहरु मानिने फलेवासका कार्किनेटा, खानीगाउँ, लिमिठाना, ठानामौला र कुर्घाका सवै मतपेटिकाहरु गणना गर्न बाँकी रहेको छ । तथा मोदी गाउँपालिकाको तिलाहारको २ वटा मत पेटिका, बाजुङको १ वटा मतपेटिका, राम्जा र चित्रेको सवै मतपेटिकाहरु गन्न बाँकी रहेको बताईन्छ । यी क्षेत्रहरुलाइ एमालेको मतसंख्याको आधारमा आधार इलाका भन्ने गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसको आधार इलाकाहरुका पनि मत गणना बाँकी नै रहेको छ । कुश्मा नगरपालिका वडा न १ पाङ र वडा न ४ को १ वटा मतपेटिका, कुनपा ७, कुनपा ८, कुनपा ९ को पनि बाँकी रहेको छ ।

फलेवासको शंकरपोखरी र मोदीको भुकको मतपत्र गन्न बाँकी रहेको देखिन्छ । यी वडाहरुमा कांग्रेस तथा गठबन्धनका मत धेरै रहेको अनुमान गरिएको छ ।
प्राप्त जानकारी अनुसार फलेवासको मुडिकुवा, पाङराङ, थापाठाना तथा देविस्थानको पनि मत गन्न बाकी रहेको छ ।

कुश्मा नगरपालिकाका बाँकी वडाहरु र फलेवास नगरपालिकाका बाँकी वडाहरु यति बेला निर्णायक रहने बताइन्छ । यी क्षेत्रहरु मध्ये मत क्रम हुने वा नहुने कुराले मत परिणामलाई फरक पार्ने अनुमान गर्न सकिन्छ । यी क्षेत्रहरु मध्ये मोदीखोला पारी रहेका वडाहरुमा एमालेले आफ्नो राम्रो मत आउने आकलन गरेको छ भने कांग्रेस ती क्षेत्रहरुमा मत क्रस हुने अनुमान गरेको छ । निर्णायक तहमा रहेका वडाहरुमा मत क्रस नभएको खण्डमा एमालेका गिरीले जित्न सक्ने देखिन्छ ।