Print

प्रतिनिधि सभाको मत गणना दुई स्थानबाट, भोली विहानसम्म अन्तिम परिणाम आउने

७ मंसीर, पर्वत । प्रतिनिधि सभा सदस्यको मतगणना पर्वत जिल्लामा जारी रहेको छ । प्रतिनिधि सभा तर्फको अन्तिम मतपरिणाम भोली विहानसम्म आउनसक्ने गरी मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना कार्य ढिला गतिमा भइरहेको प्रतिनिधि सभा तर्फको मत गणनालाई तिव्र गतिमा गर्ने गरी २ स्थानमा मत गणना भईरहेको छ । अहिले भुक, दुर्लुङ, थापाठाना, ठृलिपोखरी, पाङराङ, लिमिठाना तथा चुवा, पिपलटारी क ग , खानीगाउँ, ठुलिपोखरी ग, मुडिकुवाको मतगणना भईरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार १०४९ मतले एमालेका पदम गिरीले अर्जुन जोशीलाई पछि पारेका छन् ।