Print

प्रदेश सभा १ मा एमालेका कुँवरको फराकिलो अग्रता

७ मंसीर, पर्वत । प्रदेश सभा १ मा नेकपा एमालेका भक्त कुँवरले फराकिलो अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका माओवादी केन्द्रका सुँदीप कुँवरलाई पछि पार्दै एमालेका कुँवरले २०७४ मतको अग्रता लिएका ह्ुन् ।

जलजला र कुश्मा नगरपालिकाको मतगणना सकिएको छ । अहिले मोदी गाउँपालिकाको मतगणना भईरहेको छ ।

जारी मतगणना अनुसार एमालेका कुँवरले कुल १५५३४ मत ल्याउँदा माओवादीका कुँवरले १३४६० मत ल्याएका छन् ।

मतगणना भईरहेको पालिका एमालेको आधार इलाका भएका कारण एमालेका कुँवर जीतको नजिक पुगिसकेका छन् ।