Print

पर्वतमा प्रतिनिधि सभामा झण्डै ४ प्रतिशत मत बदर !

७ मंसीर, पर्वत । जारी मतगणनामा बदर मतको संख्या उच्च देखिएको छ । पर्वत जिल्ला मानव विकास सुचांकमा अग्रभागमा रहेको र शैक्षिक मापढण्डमा पनि अगाडि रहेको भए पनि यहाँ मतको वदरको संख्या उच्च देखिएको हो ।

जारी मतगणनामा हेर्दा प्रतिनिधि सभाको मतपत्रमा झण्डै ४ प्रतिशतको वदर मत आएको छ । अधिकांशले धेरै चुनाव चिन्ह्मा मत संकेत गरेका कारण वदर मत देखिएको छ ।

सूर्य, रुख र घन्टी चिन्ह्मा मत संकेत गरेका कारण मतको बदर दर धेरै छ । हालस्म्म कुल ३३ हजार ६७ मत गणना हुँदा १२ सय २४ मत बदर भएको छ । यो संख्या कुल गणना भएको संख्याको ३ दशमलम ७० प्रतिशत हो ।

धेरै चुनाव चिन्ह्मा मत संकेत गरेका कारण बदर भएकाले मतदाताहरुमा दलका उमेदवार वा दल प्रतिको वितृष्णा हो या, मतदाता शिक्षा नपुगेको हो यकिन भने गर्न सकिदैन् ।