Print

पर्वतमा घन्टीको मत कति ?

७ मंसीर, पर्वत । देश भर नयाँ राजनैतिक शक्तिको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पाटीले देशका मुख्य ठूला दलहरुलाई चुनौति दिईरहेको छ । झण्डै ७ दशक देखिको पाटी स्थापनाको विरासता वोकेका देशका ठूला राजनैति दलहरुको वैकल्पिक शक्तिको रुपमा देशभरका मतगणनामा देखिएको स्वतन्त्र पाटीले पर्वत जिल्लामा पनि आफ्नो प्रभाव देखाएको छ ।

राष्ट्रिय स्वतन्त्र पाटीको तर्फबाट पर्वतमा प्रतिनिधि सभा तर्फ जालबहादुर पुन उमेदवार छन् । उनी हालसम्मको मतगणनामा तेस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका पदम गिरीलाई पछाउँदै अर्जुन जोशी पछि पछि भने फराकिलो मतान्तर लिएर जालबहादुर पुन तेस्रो स्थानमा छन् ।

पछिल्लो मतपरिणाम अनुसार घन्टी चुनाव चिन्हले कुल २२ सय ४ मत ल्याएको छ । यहि मतका कारण गिरी र जोशी वीचको चुनावी प्रतिस्पर्धालाई अझै कठिन बनाईदिएको छ । गिरी र जोशी वीच आधा मत गनिसक्दा मतान्तर निकै कम देखिएको छ ।

गिरीले १५ हजार २ सय ५३ मत ल्याउँदा जोशीले १४५५८ मत ल्याएका छन् । उनीहरु वीच ७९५ मतान्तर मात्र देखिएको छ ।