Print

पर्वतका मतदान स्थलमा १ हजार ७ सय ८६ जना कर्मचारी खटिदै

३० कार्तिक, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पर्वत जिल्लामा १ हजार ७ सय ८६ जना कर्मचारी खटिने भएका छन् ।

निर्वाचनमा खटिने कर्मचारीहरुको विवरण यस अघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरीसकेको छ । स्थायी मतदान केनद्मा १ हजार ७ सय ७६ जना र अस्थायी मतदान केन्द्रमा १० जना कर्मचारी खटिने जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।

शर्माका अनुसार आज नै कर्मचारीहरुले मतदानका लागि आवश्यक सामाग्रीहरु बुझने छन् भने मंसीर १ गते बेलुकासम्म मतदान स्थलमा कर्मचारीहरु पुगिसक्नेछन् ।

निर्वाचनमा खटिने कर्मचारीहरु मध्ये मतदान अधिकृतको लागि यस अघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।