३० कार्तिक, पर्वत । प्रतिनिधि सभामा नेकपा एमालेका उमेदवार पदम गिरीले पर्वत जिल्लालाई सम्बृद्ध बनाउनु आफ्नो पहिलो कार्यभार रहेको बताएका छन् । एमालेका केन्द्रिय सदस्य समेत रहेका गिरीले मंगलबार कुश्मा नगरपालिकाको खौला, ठुलिपोखरी र पिपलटारीमा आयोजीत कोण सभालाई सम्बोधन गर्दै सम्बृद्ध पर्वत बनाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
उनले २१ औं शताब्दीका जनताले सम्बृद्धीको सपना देख्नु स्वभाविक रहेको भन्दै त्यो सपना पुरा गर्ने दायित्व जनप्रतिनिधिहरुको रहेको उल्लेख गरे । आफूले ५ बर्षको अवधिमा पर्वत जिल्लामा शुरु गरेका विकास आयोजनाहरुलाई दिर्घकालीन बनाउन र जिल्लाबासीको मुहारमा खुशी ल्याउनका लागि पुनः एक पटक आफूलाई मतदान गर्न आग्रह गर्दै गिरीले शिक्षा र स्वास्थ्यमा आमूल परिर्वतनको आवश्यकता औल्याए ।
उनले ५ बर्षको अवधिमा सडक सञ्जाल र अन्य भौतिक पूर्वाधाहरुको विकास भएको उल्लेख गर्दै अव नयाँ कार्यभार आफूसंग रहेको गिरीले बताए । रित्तिदै गएका वस्तीहरुलाई भरिभराउ गराएर गाउँको मुहार परिर्वतन गर्ने आफ्नो अठोट रहेको गिरीको भनाई छ ।
उनले नेकपा एमालेको सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पुरा गर्न जनताले आफूलाई मतदान गर्ने विश्वास दिलाए ।
कार्यक्रममा एमालेका प्रदेश सभाका उमेदवार भक्त कुँवरले पर्वतबासी जनताले भरोसा योग्य उमेदवारलाई मतदान गर्ने विश्वास दिलाए ।
कुँवरले विगत ३ दशकको विकास आयोजनाको जिल्लाको अनुभवलाई अव संसदीय अभ्यासबाट आफूले थप सफल बनाउने विश्वास लिएको भन्दै आफूले देखेको सम्बृद्ध पर्वतको सपना पुरा गर्न मत मागे ।
कार्यक्रमहरुमा स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो ।




