Print

पर्वत प्रदेश सभा १ मा दुई जना कुँवर भिड्दै

९ कार्तिक, पर्वत । प्रदेश सभा निर्वाचन तर्फ पर्वत क्षेत्र न १ मा भक्त कुँवर र सुँदीप कुँवर विच प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालको तर्फबाट भक्त कुँवर चुनावी मैदानमा छन् भने माओवादी केन्द्रको तर्फबाट सुदीप कुँवर चुनावी मैदानमा छन् ।

एमालेका प्रदेश कमिटिका सचिवालय सदस्य भक्त र माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदीपका वीच चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ताधारी गठबन्धनको समर्थनमा सुदीप चुनावी मैदानमा हुन् ।

पर्वत क्षेत्र न १ मा यस अघि बामगठबन्धनको तर्फबाट माओवादी केन्द्रले विजयी हासिल गरेको क्षेत्र हो । एमालेका कुँवर लामो समय देखि कम्युनिष्ट आन्दोलनमा अनवरत क्रियाशिल नेता हुन् । शालिन र बौद्धिक नेताको रुपमा चिनिएका कुँवर संसदीय राजनीतिको पहिलो पटक प्रतिस्पर्धामा छन् ।

एमाले भित्रका लोकप्रिय नेताको रुपमा चिनिएका उनले आफ्नो विजयी सुरक्षित रहेको दावी गर्दै आएका छन् । माओवादी केन्द्रका कुँवरल भने कांग्रेसको भरमा छन् । गत स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस कार्यकर्ताले माओवादी नेताको लागि प्रशस्त मत क्रस गर्नसक्ने भएका कारण माओवादी केन्द्र कांग्रेससंग संसंकित छ ।

सैद्धान्तिक रुपमा दुई फरक धुव्रका पाटिहरु मिलेर गठबन्धन बनेका कारण कांग्रेस कार्यकर्ताहरु गठबन्धन प्रति खुशी छैनन् । कांग्रेसको पुरै मत नआएको खण्डमा माओवादी केन्द्रका कँुवरलाई एमालेका कुँवर भारी पर्ने निश्चित छ । गत स्थानीय तहको निर्वाचनमा पनि कुश्मा नगरपालिका, मोदी गाउँपालिका र विहादी गाउँपालिकामा कांग्रेसको मत एमालेको नाउँमा प्रशस्त मात्रामा क्रस भएको थियो । यी सवै पालिकामा माओवादी उमेदवारले पराजय ब्यहोरेका थिए ।

कांग्रेस विपीको तर्फबाट कमल पौडेल पनि चुनावी मैदानमा छन् । पौडेलले कांग्रेसकै मत काट्ने भएका कारण पनि एमालेका कुँवरलाई थप सजिलो परेको छ । उता, माओवादी केन्द्रका नेताहरुलाई भने कांग्रेसबाट हुनसक्ने क्रस भोटले आशंका पैदा गरेको छ ।