९ कार्तिक, पर्वत । जिल्लाबाट प्रदेश सभा २ मा नेकपा एमालेको तर्फबाट मित्रलाल बस्याल र नेपाली कांग्रेसको तर्फबाट ऋिषीकेश तिवारी भिड्दैछन् ।
आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा बस्याल र तिवारीले वीच नै मुख्य प्रतिस्पर्धा हुने भएको हो । नेकपा एमालेले पैयू गाउँपालिका हुवासका पूर्व गाविस अध्यक्ष समेत रहेका बस्याललाई चुनावी मैदानमा अघि सारेको छ । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पैयू गाउँपालिकाका अध्यक्षका प्रत्यासी थिए । पैयू, महाशिला र विहादी क्षेत्रमा लोकप्रिय नेताको रुपमा चिनिएका बस्यालसंग कांग्रेसका पूर्व सांसद समेत रहेका तिवारी भिड्दैछन् ।
प्रतिनिधि सभाको लागि आफ्नो उमेदवारी घोषणा गरेका तिवारीलाई अन्तिम अवस्थामा पाटीले प्रदेश सभामा टिकट दिएको हो । कृषि क्षेत्रको परिर्वतन मार्फत ग्रामीण क्षेत्रका जनताको आम्दानी बढाउने अभियानमा निरन्तर लागेका तिवारी फलेवासको मुडिकुवा निवासी हुन् । तिवारी यस अघि पुर्नस्थापीत संसदमा पाटीको तर्फबाट रित्त पदमा मनोनित गरी सांसद भएका थिए ।
कांग्रेसका पुराना नेताको रुपमा चिनिएका तिवारीलाई भने आफ्नै वडा र नगरपालिकामा समेत चुनौति देखिन्छ । २०४८ सालमा तत्कालीन आवस्थामा गाविसको अध्यक्ष हुनका लागि तिवारीले साविकका वडाहरु विभाजनकारी भूमिका खेलेको स्थानीयबासीको आरोप छ । उनी सांसद र कांग्रेसको मुख्य सचिव समेत भईसकेका कारण उनले फलेवासको विकासका लागि के योगदान गरे भन्ने विषय बहसमा उठेको छ ।
पैयू क्षेत्रमा गाविस बाहेकेको जिम्मेवारी नपाएका बस्याललाई पैयू क्षेत्रको सहानुभूति आउन सक्ने भने देख्रिन्छ । तिवारी उच्च पदमा पुगीसकेका पाटीका पुराना कार्यकर्ता भएका कारण पनि उनी प्रति पनि कांग्रेस कार्यकर्ताको सहानूभूतिको मत आउनसक्ने आकलन गर्न सकिन्छ ।
क्षेत्र न २ मा माओवादी पाटीको उमेदवार नभएका कारण उक्त पाटीका कार्यकर्तालाई भने उमेदवार रोज्न सक्ने छन् । यसो हुँदा क्षेत्र न २ मा तिवारीका लागि बस्याल भारी पर्नसक्नेछन् ।




