२३ असोज, पर्वत । प्रतिनिधि सभाको बन्द सुचिको नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नामावली अनुसार पर्वत जिल्लाबाट २ ठूला राजनैतिक दलबाट २ जना मात्र प्रतिनिधि सभाको बन्द सुचिमा सुचिकृत भएका छन् ।
नेपाली कांग्रेसबाट कुशमथापा मगरको नाम सुचिकृत छ । उनी आदीबासी महिलाको सुचिमा छिन् । पर्वत जिल्ला माइत भएकी उनको घर भने रुकुममा पर्छ । आयोगको विवरणमा उनको जिल्ला पर्वत उल्लेख गरिएको छ ।
यसैगरी माओवादी केन्द्रबाट भने मनरुपा सुवेदीको नाम बन्द सुचिमा छ । उनी खस आर्य महिलाबाट सुचिकृत भएकी छिन् । माओवादीमा शहिद परिवारकी सदस्य समेत रहेकी सुवेदी २०६४ सालको संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ बाट उमेदवार बनेकी थिइन् ।
नेकपा एमालेबाट भने पर्वत जिल्लाको तर्फबाट कसैको पनि नाम बन्द सुचिमा उल्लेख छैन् ।




