Print

संघ, प्रदेश निर्वाचन आज उमेदवारी दर्ता, पर्वतमा एमालेले उमेदवार टुंगायो, गठबन्धन अझै अनिर्णित

२३ असोज, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व सांसद तथा पाटीका केन्द्रिय सदस्य पदम गिरीलाई अघि सारेको छ ।

यसैगरी एमालेले प्रदेश सभा १ तर्फ पाटीका पूर्व प्रदेश कमिटिका सचिवालय सदस्य भक्त कुँवरलाई उमेदवार बनाएको छ । यसैप्रदेश सभा २ तर्फ भने पाटीका प्रदेश कमिटिका सचिवालय सदस्य मित्रलाल बस्याललाई उमेदवार बनाएको छ ।

एमालेले उमेदवारी दर्ताको २ दिन अघि नै उमेदवार टुंगाए पनि पर्वत जिल्लाको हकमा गठबन्धनले आइतबार विहानसम्म आधिकारिक उमेदवार टुंगाएको छैन् । सामाजिक सञ्जालहरुमा गठबन्धनका उमेदवारको रुपमा शुभकामनाहरु आइरहे पनि गठबन्धनको तर्फबाट कांग्रेस र माओवादीले यो क्षेत्रको भाग पाउने मात्र आधिकारिक सहमती भएको छ । सहमती अनुसार प्रतिनिधि सभामा काग्रेसले उमेदवार उठाउने छ भने प्रदेश सभा १ मा माओवादीले उमेदवार उठाउनेछ । यसैगरी प्रदेश सभा २ तर्फ भने कांग्रेसले उमेदवार उठाउने छ ।

कांग्रेसले प्रतिनिधि सभामा अझै पनि आधिकारिक निर्णय नगरेको कांग्रेस नेताहरु बताउँछन् । यद्यपि सामाजिक सञ्जाल र केहि अनलाईन मिडियाहरुमा भने पूर्व सांसद तथा कांग्रेस नेता अर्जुन जोशीलाई पाटीले पाँचौ पटक निर्वाचनमा अघि सारेको उल्लेख छन् ।

उता, प्रदेश सभा १ मा माओवादीका सुदीप कुँवरको सैद्धान्तिक रुपमा निर्णय भए पनि आधिकारिक निर्णय नभएको माओवादी सुदीप कुँवरको चर्चा छ ।

प्रदेश सभा २ मा भने आइतबार विहान ६ बजेसम्म पनि कांग्रेसको तर्फबाट उमेदवार अझै टुंगो नलागेको कांग्रेस नेताहरुको भनाई छ । प्रदेश सभा २ मा खगेन्द्र तिवारी, ऋषीकेश तिवारी र राजेन्द्र तिवारी वीच उमेदवारी टुंगाउने विषयमा छलफल भएको कांग्रेस श्रोत बताउँछ ।