२४ साउन, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका १० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको वैठकमा शुन्य समयमा बोल्दै सांसद गिरीले भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको बताए ।
त्यसैगरी सांसद गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका १० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गरे । भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको उनको भनाई छ ।
पर्वतको धाइरिङ घटनाका पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग सांसद गिरीको माग




