Print

पर्वतको शंकरपोखरीमा एमालेको वडा भेला सम्पन्न

१५ साउन, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ३ शंकरपोखरीमा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको समिक्षा साथै प्रशिक्षण कार्यक्रमको लागि उक्त भेलाको आयोजना गरिएको हो ।

वडा भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले एमाले सरकार हुँदा जिल्लामा विकास निर्माणको बाढि आएको दावी गरे ।

उनले सरकार परिर्वतनसंगै पुराना योजनामा रकम कटौती गर्ने र नयाँ कुनै पनि योजनाहरु पर्वतमा भित्रन नदिने गरी गठबन्धन सरकार लागि परेको आरोप लगाए ।

देशको अर्थब्यवस्था दिनानुदिन खस्कदै गईरहेको भन्दै यहि सरकार रहे देशमा छिट्टै आर्थिक मन्दी आउने दावी गरे ।

सांसद गिरीले स्थानीय तहमा पर्वत जिल्लामा एमाले पहिलो दल भएको स्पष्ट पार्दै पर्वत जिल्लाको सम्बृद्धिका लागि आगामी संघ र प्रदेशको निर्वाचनमा पनि जनता एमालेकै पक्षमा लाग्ने स्पष्ट पारे ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, नगर कमिटि अध्यक्ष देवी तिमिल्सीना लगाएतले भेलालाई सम्बोधन गरेका थिए ।