१४ साउन, पर्वत । नेकपा एमाले जिल्ला कमिटिले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जिल्ला सदरमुकाम कुश्मा बजारमा आयोजीत प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले पोलिटब्युरो सदस्य जगत बिश्वकर्मा र मना केसी, केन्द्रिय सदस्यहरु मायानाथ अधिकारी, पदम गिरी, एमाले गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, उपसचिब मञ्जु अधिकारी, प्रदेश कमिटीका सचिबालय सदस्य तथा मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले प्रशिक्षण दिएका थिए ।
एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पदमपाणी शर्मा र सञ्चालन सचिब गोबिन्द पहाडीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, सल्लाहकार, एमालेबाट निर्वाचित जनप्रतिनिधी, जनसंगठन र पालिका कमिटीका गरि झण्डै ४ सय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
एमालेले आगामी निर्वाचनलाई लक्षित गरी उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।




