३० जेठ, पर्वत । पर्वत रुपेन्देही समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै सांसद गिरीले सम्बृद्ध पर्वत बनाउने अठोटमा आफू कहिल्यै विचलित नहुने बताए ।

उनले पर्वतलाई विकासको गतिमा अघि बढाउन आफू सांसदको भूमिकामा सधै प्रतिबद्ध भएर लागेको भन्दै जिल्ला छोड्ने दरलाई घटाउनुपर्ने धारणा राखे ।
पर्वत जिल्ला घर भई रुपेन्दही जिल्लामा बसोबास गर्दै आएका पर्वतेलीहरुले एक दशक अघि स्थापना गरेको उक्त संस्थाको चौथो अधिवेशनमा प्रमुख अतिथि तर्फबाट मन्तब्य राख्दै सांसद गिरीले देशमा गठबन्धन सरकारले भाग बण्डामा देशलाई लगेको टिप्पणी गरे ।
ठूला र दुरगामी विकास आयोजनामा भन्दा वितरणमुखी कार्यक्रम ल्याउनमा वर्तमान सरकार उद्दत रहेको गिरीको भनाई छ ।




