२७ जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धन र एमालेका वीचमा निर्वाचन भएको थियो । पर्वत जिल्लामा नेकपा एमाले एक्लै निर्वाचनमा होमियो भने, सत्ता दलिय गठबन्धन निर्वाचनमा सहकार्य गरेर होमियो । यसरी निर्वाचन लड्दा नेकपा एमालेले सवै ठाउँमा आफ्ना उमेदवार बनायो, तर निर्वाचनमा गठबन्धनको तर्फबाट सिट बाँडफाँड भयो । निर्वाचनमा गठबन्धनले प्रमुख र अध्यक्ष पदमा एउटा पाटीलाई दिदँ उपप्रमुख र उपाध्यक्ष पद अर्को पाटीलाई परेको थियो । निर्वाचनमा रस्साकस्सी भएर लडेका तिनै दलहरु भने समन्वय समितिको निर्वाचनमा आन्तरीक सहमती गरेका छन् ।

गठबन्धन ७ र एमाले ७ मतभार भएर बराबरी भएपछि दुवै तर्फका नेताहरुलाई मिलाउनका लागि उनीहरुले समन्वय समितिको पदाधिकारी तथा सदस्यहरुमा गोलाप्रथाद्धारा सहमती गरेको विषय सार्वजनिक भएको छ । निर्वाचनमा कार्यकर्तालाई जुधाएर चुनावमा होमिएका दलहरु आफूलाई अप्ठ्यारो परे पछि भने आन्तरीक सहमतीमा जुटेका छन् ।
दुवै तर्पm मतभार बराबर भएपछि प्रमुख र प्रमुख वीच र उपप्रमुख उपप्रमुख वीच गोलाप्रथा हुने अवस्था थियो । तर उनीहरु निर्वाचन पछिको गोलाप्रथामा जस्तो सुकै परिणाम आउन सक्ने र एउटै पक्ष पनि गोलाप्रथामा आउन सक्ने देखे पछि उमेदवारी दर्ता पूर्व नै गोलाप्रथामा जुटेका हुन् । उनीहरुले निर्वाचन पूर्व प्रमुख र उपप्रमुख पदमा मात्र गोला प्रथा गरेको विषय सार्वजनिक भएको छ । प्रमुख पदको गोला पर्नेले बाँकी ३ सदस्य र उपप्रमुख पर्नेले बाँकी ४ सदस्य पाउने सहमती गरेका थिए । उक्त सहमती बमोजी एमालेले प्रमुख र ३ सदस्य पाएको छ भने गठबन्धनले उपप्रमुख र ४ सदस्यहरु पाएको छ ।

सहमती पछि गठबन्धन र एमाले दुवैले आफ्ना उमेदवारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराउने तयारी गरेका छन् । माओवादी श्रोतका अनुसार उपप्रमुखमा माओवादीकै सोम जिसीको नाममा निर्णय भएको छ भने एमालेले औपचारिक रुपमा आफ्ना उमेदवारहरु अझै सार्वजनिक गरेको छैन् ।




