Print

सधै निर्वाचन जित्ने जोशी

१० जेठ, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी दोस्रो पटक नगरप्रमुख बनेका छन । पाटीको आन्तरीक चुनावमा सधै उत्कृष्ट मत ल्याउने जोशी यस पटक भने पाटीको आन्तरीक घेराबन्दीमा थिए । जिल्ला र नगरले उनलाई नगर प्रमुखका लागि सिफारिस नै गरेन । प्रदेश कमिटिले टिकट दिएपनि उनी माथि पाटी भित्र घेराबन्दीको प्रभाव निर्वाचनमा देखिने आकलन थियो, तर पनि जोशीले दोस्रो पटक निर्वाचन जिते र नगरपालिकामा पुनः इन्ट्री गरे ।

नेपाली काँग्रेसका आन्तरिक निर्वाचनमा होस या स्थानीय तहका निर्वाचनमा होस कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी लोकप्रिय मत ल्याएर विजयी हुँदै आएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका जोशी २०७९ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका छन् ।

नेपाली काँग्रेसको १२ औं, १३ औँ र १४ औँ महाधिबेशनमा सबैभन्दा बढि मत ल्याएर महाधिबेशन प्रतिनिधी बन्नेमा जोशी नै हुन् । २०७८ मा पोखरामा सम्पन्न नेपाली काँग्रेसको प्रदेश महाधिबेशनमा सहमहामन्त्रीमा विजयी भएर जोशी पर्वतका सिनियर नेतामा परेका छन् ।

जिल्लामा नेपाली काँग्रेसको दुई खेमा छ । एउटा देउवा समूह र अर्को शेखर कोईराला समूह । जोशी रामचन्द्र पौडेल समूहमा रहेर राजनीतिमा सक्रिय छन् । जिल्ला अध्यक्षमा आफ्नो समूहको उमेदवार नरहेका कारण जोशीले देउवा निकट युवराज जोशीलाई समर्थन गरे । प्रदेश अधिवेशनमा भने त्यो सम्बन्ध टुट्यो ।

सभापति युवराज जोशी देउवा समूहमा लागे भने रामचन्द्र जोशी पौडेल समूहमा सक्रिय भए । त्यसको प्रभाव स्थानीय तहको निर्वाचनमा देखियो । जिल्ला सभापति र नगर कमिटिले रामचन्द्र जोशीलाई मेयरमा सिफारिस नै गरेन । प्रदेश कमिटिबाट ‘स्टेप’ फड्काएर टिकट ल्याएका जोशीलाई निर्वाचन भारी पर्ने सम्भावना पनि थियो, तर पनि उनले उत्साहजनक जित निकाले ।

जोशीको जितको यात्रा यत्तिमै सिमित छैन् । पहिलो पल्ट नगरपालिका बने पछि कुश्मामा उनी नगर सभापति पदमा निर्वाचन लडे । प्रतिस्पर्धीलाई भारी मत लाएर उनले निर्वाचन जिते । त्यस अघि नेविसंघका विभिन्न कमिटिमा मनोनित भएका जोशी पाटीको आन्तरीक सवै निर्वाचनमा उत्कृष्ट मत ल्याएर विजयी हुने नेतामा पर्दछन् ।

कांग्रेसका आन्तरीक निर्वाचनहरु नगर सभापति, महाधिवेशन प्रतिनिधि र प्रदेश सह महामन्त्रीमा उनको सहज जित भयो । जनप्रतिनिधिको हिसावमा पनि उनी २ पटक निर्वाचनमा विजयी भएकाछन् ।

अर्थ वीट साप्ताहिकमा खबर छ