Print

माओवादी केन्द पर्वतका जिल्ला संयोजक वडासदस्यमा पराजीत

४ जेठ, पर्वत । माओवादी केन्द्र पर्वतका जिल्ला संयोजक सृजनशिल कुँवर वडा सदस्यमा पराजीत भएका छन् । जिल्लाको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीमा वडा सदस्य उठेका कुँवर वडा सदस्यमै पराजीत भएका हुन् ।

कम्युनिष्ट पाटीको आधार इलाका मानिने ठुलिपोखरीमा एमालेको बर्चश्व थियो, यस पटक उक्त वडामा भने स्वतन्त्रले जितेको छ । गठबन्धनको समर्थन प्राप्त गरेर स्वतन्त्र तर्फबाट वडाअध्यक्ष पदका उमदेवार झलक रिमालले वडा अध्यक्ष जितेका छन् ।

भने खुल्ला सदस्य तर्फका दुवै पद एमलेले जितेको छ । माओवादी केन्द्रका नेता कुँवर जिल्ला समन्वय समितिमा प्रतितिनित्व हुने गरी निर्वाचन लडे पनि उनी पराजीत भएका हुन् ।