Print

माओवादीले जितेको वडा पनि खोस्योे एमालेले, पैयू ५ मा वडाअध्यक्ष विजयी

२ जेठ, पर्वत । नेकपा एमालेले माओवादीको गढ मानिने पैयू गाउँपालिकाको वडा न ५ मा जित निकालेको छ । यस अघि माओवादी केन्द्रले जितेको वडा न ५ हुवासमा एमालेको जीत भएको हो । एमालेले अन्य २ सदस्य सहित वडाअध्यक्ष जितेको छ ।

गठबन्धनका उमेदरवालाई हराउँदै २८ बर्षिय निर्भिक नारायण भुर्तेले एमालेको तर्फबाट वडाअध्यक्षमा विजयी भएका छन् । भुर्तेलले सोहि वडाका यस अघि निर्वाचित वडाअध्यक्ष उमाकान्त भुर्तेललाई पराजीत गरेका हुन् ।

निर्वाचित भूर्तेल पत्रकार हुन् । नेपाल पत्रकार महासंघ पर्वत शाखाको उपाध्यक्ष पदबाट राजीनामा दिएर भूर्तेल निर्वाचनमा होमिएका थिए । भुर्तेल जिल्ला भरीकै कान्छा बडाअध्यक्ष बनेका छन् ।