Print

विहादीमा मतगणना शुरु, एमालेको शुरुवाती अग्रता

३१ वैशाख, पर्वत । जिल्लाको विहादी गाउँपालिकामा मतगणना शुरु भएको छ । मतपरिणामको प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदमा एमालेको अग्रता छ भने उपाध्यक्ष पदमा सानो मतान्तरणमा गठबन्धनको तर्फबाट माओवादीको अग्रता देखिन्छ ।

विहादीमा एमालेका ओम कुँवरको ४९ मत आउँदा गठबन्धनको तर्फबाट कांग्रेसका प्रविन गुरुङको ४३ मत आएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकी मिना तिवारीको ४४ मत आउँदा माओवादीका सविन गुरुङको ४६ मत आएको छ । यो मतपरिणाम विहादी १ बाच्छाको १ सय मत गन्दाको परिणाम हो ।