३१ वैशाख, पर्वत । जिल्लाका ६१ वडाहरुमा कुल ६५ प्रतिशत मत खसेको छ । स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा कुल ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला भर कुल ६५ दशमलब ३८ प्रतिशत मत खसेको हो । जिल्लाका ७ पालिका मध्ये ६८ प्रतिशत मत जलजलामा खसेको छ । यो जिल्ला भरीकै धेरै प्रतिशत मत हो । सवैभन्दा कम मत विहादीमा खसेको छ ।
विहादीमा कुल मतको ६३ प्रतिशत मत मात्र खसेको कार्यालयले जनाएको छ ।




