Print

प्रचण्ड देशका लागि लडे की परिवारका लागि ? : केन्द्रिय सदस्य गिरी

२३ वैशाख, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले प्रचण्ड देशका लागि लडे की परिवारका लागि भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा टुइट गर्दै एमाले केन्द्रिय सदस्य गिरीले छोरीलाई भोट नहाले देश दुघर्टनामा जान्न भन्ने अभिब्यक्ति धम्किपूर्ण भएको बताए ।

उनले देश ठूलो हो की परिवार भनेर प्रश्न गर्दै भनेका छन् –उनी आजसम्म देशका लागि लडे की परिवारका लागि ? देश ठूलो हो की परिवार ?’
उनले सचेत भरतपुरका नागरिकले यसको उत्तर निर्वाचनबाट दिने बताएका छन् ।

हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा आफ्नी छोरीले नजिते देश दुर्घटनामा जाने बताएका थिए । प्रचण्डको अभिब्यक्ति प्रति तिव्र विरोध र आलोचना भईरहेको छ । कांग्रेससंग गठबन्धन गरेर माओवादी केन्द्रकी उमेदवार रेणु दाहाललाई प्रचण्डले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उमेदार बनाएको छ ।
कांग्रेसकको तर्फबाट दाहालको विरुद्धमा बागी उमेदवार बनेपछि प्रचण्डले यस्तो धम्किपूर्ण अभिब्यक्ति दिएका हुन् ।