Print

द्धन्द्धकालमा म प्रति भएको ब्यवहार र त्रास सम्झिदा आङ सिरिङग हुन्छ : कांग्रेस नेतृ केसी

१७ वैशाख, पर्वत । यति बेला नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस वीच चुनावी गठबन्धन छ । फरक राजनैतिक पृष्ठभूमि फरक विचार र फरक राजनैतिक दस्तावेजमा विश्वास गर्ने दुई पाटीको चुनावी गठबन्धन प्रति भने कांग्रेस कार्यकर्ता खुशी देखिदैनन् । सरकार बनाउने बेलामा गर्नुपर्न गठबन्धन निर्वाचनमै गरे पछि शैद्धान्तिक रुपमा कुन पाटीको राजनैतिक दर्शन के भन्ने प्रश्न अहिले नेपाली राजनीतिमा उठ्न शुरु भएको छ ।

यसै वीच नेपाली कांग्रेस पर्वतकी एक नेतृले द्धन्द्धकालको घटना स्मरण गरेकी छिन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै कांग्रेस नेतृ मिना केसीले द्धन्छकालमा आफू माथि भएको ब्यवहार र त्रास सम्झिदा अहिले पनि आफ्नो आङ सिरिङग हुने गरेको बताएकी छिन् ।

सामान्य परिवारबाट राजनीतिमा आफू अघि बढेको स्मरण गराउँदै उनले पारिवारिक जीवनलाई छोडेर आफू सधै पाटी काममा खटिएको बताएकी छिन् । उनले लेखेकी छिन् ‘ मूलतः राजनीति र एक्ली आमाको रेखदेख गर्नुपर्ने परिस्थितिले गर्दा मैले आफ्नो निजी जीवनको महत्त्वपूर्ण पक्ष÷ पाटो विवाहलाई समेत प्राथमिकतामा राखिन । पार्टी नै मेरो लागि सबै हुन पुग्यो ।’

तत्कालीन द्धन्द्धकालमा माओवादीको तर्फबाट शारिरिक पिडा खेपेकी केसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिकामा उपाध्यक्षको उमेदवार थिइन् । निर्वाचनमा पराजय भोगेकी केसीले पुनः यस पटकको निर्वाचनमा पनि उमेदवार बन्ने इच्छा ब्यक्त गरेकी थिइन् ।

पाटीले माओवादी केन्द्रसंग गठबन्धन गरेर दुवै पदमा पुरुष उठाए पछि उनले सांकेतिक रुपमा त्यसको समेत विरोध गरेकी छिन् । उनी नेपाली कांग्रेसको गण्डकी प्रदेश कमिटिको सदस्य समेत हुन् ।