Print

पर्वतमा एमालेले स्थानीय तहमा उठाएका यी हुन् समावेशी अनुहार

१६ वैशाख, पर्वत । नेकपा एमालेले पर्वत जिल्लामा यस पटक समावेशी उमेदवारलाई अघि सारेको छ । पहिलो स्थानीय तहको निर्वाचन पछि बनेको जिल्ला समन्वय समितिमा समेत समावेशी नेतृत्व स्थापीत गरेको एमालेले यस पटक पुनः निर्वाचनमा समावेशी अनुहारलाई अघि सारेको छ ।

एमालेले महिला, दलित र जनजातिलाई पालिकाका प्रमुख पदमा उमेदवार बनाएको हो ।

एमालेले जिल्लाको मोदी गाउँपालिकाको अध्यक्ष पदमा हिरा देवी शर्मालाई उठाएको छ । महिला प्रमुख पदमा उठ्ने शर्मा पहिलो र एक्ली अध्यक्ष हुन् । यसैगरी जिल्लाको महाशिला गाउँपालिकामा पनि एमालेले समावेशी चरित्रलाई ध्यान दिएको छ ।

महाशिलामा धनसुबा विकलाई अघि सार्दै एमालेले दलित प्रतिनिधित्वलाई ध्यान दिएको छ ।
यसैगरी पैयू गाउँपालिकामा भने जनजाति समुदायबाट यामकुमारी रानालाई एमालेले उमेदवार बनाएको छ । जिल्लाका ६ पालिकाहरुमा उपप्रमुख र उपाध्यक्ष पदमा समेत एमालेले समावेशीतालाई ध्यान दिदै महिला उमेदवार उठाएको छ ।

उता, गठबन्धनले भने कुश्मा नगरपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिकामा दुवै पदमा पुरुषलाई नै उमेदवार बनाएको छ । गठबन्धन गरेर कांग्रेस र माओवादीले पालिका प्रमुख र उपप्रमुख दुवै पदमा ४ पालिकाहरुमा महिला विहिन नेतृत्वलाई अघि सारेको हो ।

यस अघि पनि समन्वय समितिमा मनोहर विश्वकर्मा पौडेललाई एमालेले समन्वय समितिको प्रमुख बनाएको थियो भने उपप्रमुखमा यामकुमारी रानालाई बनाएको थियो ।