Print

एमालेको तर्फबाट मोदीमा गाउँपालिका अध्यक्षमा शर्मा र उपाध्यक्षमा लामिछानेद्धारा उमेदवारी दर्ता

१२ वैशाख, पर्वत । नेकपा एमालेले मोदी गाउँपालिकामा उमेदवारी दर्ता गरेको छ । गाउँपालिकामा एमालेका अध्यक्ष पदमा हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछानेले उमेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष शर्मा एमाले प्रदेश कमिटि सदस्य हुन भने लामिछाने एमाले जिल्ला उप सचिव तथा मोदी गाउँपालिका वडा न ६ तिलाहारका वडाअध्यक्ष हुन् । उनले आजै वडा अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

एमालेले मोदी गाउँपालिका ८ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता भएको छ ।

मोदी गाउँपालिका वडा न १ मा वडा अध्यक्ष टेकबहादुर गुरुङ, वडा न २ मा बेलबहादुर कार्की वडा न ३ मा देवेन्द्रबहादुर क्षेत्री, वडा न ४ मा टिका पुन, वडा न ५ मा तेजबहादुर क्षेत्री, वडा न ६ मा नन्दलाल सुवेदी, वडा न ७ मा दुर्गा प्रसाद शर्मा गौतम र वडा न ८ मा सुकबहादुर गुरुङले वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।

जिल्लाको मोदी गाउँपालिका नेकपा एमालेको आधार इलाकाको रुपमा हेरिन्छ । साविक २०७४ सालको निर्वाचनमा यस गाउँपालिकामा एमालेले ७ वटा वडाहरु सहित अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन जितेको थियो ।