१२ वैशाख, पर्वत । नेकपा एमालेले कुश्मा नगरपालिकामा उमेदवारी दर्ता गरेको छ । नगरपालिकामा एमालेका नगर प्रमुख पदका उमेदवार गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजालले उमेदवारी दर्ता गरेका हुन् ।
अध्यक्ष शर्मा एमाल केन्द्रिय अनुशासन आयोगका पूर्व सदस्य हुन् भने रिजाल एमाले कुश्मा नगर कमिटिकी उप सचिव हुन् ।
एमालेले मोदी गाउँपालिका १४ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता भएको छ ।
वडा न १ मा रामप्रसाद रिजाल, वडा न २ मा मिनबहादुर रेग्मी, वडा न ३ मा तेजप्रसाद पाध्या, वडा न ४ मा ख्याम जिसी, वडा न ५ मा ज्ञानेन्द्र जोशी, वडा न ६ मा इश्वर गिरी, वडा न ७ मा सुवासचन्द्र पौडेल, वडा न ८ मा कुलप्रसाद पोखरेल, वडा न ९ म बासुदेव लामिछाने, वडा न १० मा रामचन्द्र पौडेल, वडा न ११ मा बाबुराम सुवेदी, वडा न १२ मा किशोर सापकोटा, वडा न १३ मा तेजप्रसाद शर्मा र वडा न १४ मा लोकबहादुर गुरुङले उमेदवारी दर्ता गरेका छन् ।
यस अघिको निर्वाचनमा एमालेले कुश्मा नगरपालिकामा ९ वटा वडाहरुमा विजयी हासिल गरेको थियो ।




