१२ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिने पहिलो दिन पर्वतमा १८ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । पहिलो दिन विभिन्न पदमा गरी १८ जनाले उम्मेदवारी दर्ता गराइएका हुन् ।
जिल्लाको पैंयु, महाशिला र विहादी गाउँपालिकामा कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् भने फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चावाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । सत्ता गठवन्धनप्रति असन्तुष्टि जनाउँदै उहाँले उम्मेदवारी दर्ता गरेकी हुन् ।
त्यसैगरी फलेवास वडा नं २ मा एक जनाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने वडा नं ६ मा राष्ट्रिय जनमोर्चावाट अध्यक्ष सहित पाँचै जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी कुश्मा नगरपालिकाको उपप्रखुमा १ जनाले उम्मेदारी दिएका छन ।
पर्वतको दुर्लुङका शालिकराम शर्माले उपप्रमुख पदमा स्वतन्त्रबाट उमेदवारी दिएका छन्। उनी माओवादी केन्द्रका नेता हुन् । त्यसैगरी वडा नं ८ को वडा अध्यक्षमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन भने भने वडा नं ९ बाट १ जनाले खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीबाट राष्ट्रिय जनमोर्चाको तर्फवाट १ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी जलजला गाउँपालिकाको वडा नं ३ को वडा अध्यक्षमा एक जनाको स्वतन्त्रवाट उम्मेदवारी परेको छ भने वडा नं १ को अध्यक्ष सहित पाँचै जना सदस्यमा स्वतन्त्रवाट उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।




