१२ वैशाख, पर्वत । सत्तारुढ गठबन्धनका ५ दल मध्ये जनमोर्चाले पर्वतमा अलगै उमेदवारी दर्ता गराएको छ । गठबन्धन गरेर जाने सहमती पत्रमा हस्ताक्षर गरेको पर्वतको जनमोर्चा उमेदवारी दर्ताको पहिलो दिन नै आफ्नो पाटीको तर्फबाट उमेदवारी दर्ता गराएको हो ।
फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चावाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । सत्ता गठवन्धनप्रति असन्तुष्टि जनाउँदै उहाँले उम्मेदवारी दर्ता गरेकी हुन् । फलेवास नगरपालिकामा जनमोर्चाको अरु पालिकामा भन्दा बढि उपस्थिती छ ।
वडा नं ६ मा राष्ट्रिय जनमोर्चावाट अध्यक्ष सहित पाँचै जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीबाट राष्ट्रिय जनमोर्चाको तर्फवाट १ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।
त्यसैगरी कुश्मा नगरपालिकाको उपप्रखुमा १ जनाले उम्मेदारी दिएका छन । पर्वतको दुर्लुङका शालिकराम शर्माले उपप्रमुख पदमा स्वतन्त्रबाट उमेदवारी दिएका छन् । उनी माओवादी केन्द्रका नेता हुन् ।




