१२ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनको लागि उमेदवार मनोनयन गर्ने आज अन्तिम दिनसम्म पनि उमेदवारको अझै टुंगो लागेको छैन् । नेकपा एमाले र कांग्रेसले उमेदवारको टुंगो लगाउन सकेका छैनन् । आइतरबार राती अवेरसम्म दलका नेताहरु उमेदवार टुंगाउन छलफलमा रहे पनि उमेदारको अझै पनि टुंगो लागेको छैन्
नेकपा एमालेले पैयू गाउँपालिका सर्वसहमत गरेको छ । बाँकी ६ पालिकामा प्रमुख र उपप्रमुख को हुने भन्ने अझै निधो छैन् । एमालेले प्रदेश कमिटि मार्फत उमेदवार टुंगाउने कार्य विधि बनाए पनि प्रदेश कमिटिले उमेदवारको विवरण सार्वजनिक नगर्दा कार्यकर्तामा अन्यौलता छाएको छ ।
उता, कांग्रेसले पनि आफ्ना उमेदवारको नाम अझै सार्वजनिक गरेको छैन् । पालिकाहरुमा निर्वाचन विधि मार्फत ३ जनाको नाम छानेर आइतबार प्रदेश कमिटिमा नामावली पठाएको कांग्रेसले सोमबार विहानसम्म पनि उमेदवारको टुगो लगाउन सकेको छैन् ।
गठबन्धन गर्ने भित्री सहमती गरेको कांग्रेसले गठबन्धनको आधिकारिक जानकारी समेत सार्वजनि नगर्दा कांग्रेस कार्यकर्ता अन्यौलमा छन् ।
माओवादीले गठबन्धनका उमेदवार भन्दै आफ्ना उमेदवार भने सार्वजनिक गरेको छ । गठबन्धनको सहमती नै सार्वजनिक नभएको बेलामा माओवादी केन्द्रले भने आफ्ना उमेदवारको नाम सार्वजनिक गरेपछि कांग्रेस कार्यकर्ता थप अन्यौलमा छन् ।
केन्द्रिय सहमती साविक निर्वाचन जितेका दलहरुले सोहि पालिकामा उमेदवार बन्ने भन्ने रहेको थियो । पर्वतमा भने जलजला र कुश्मा नगरपालिकामा कांग्रेसले उपाध्यक्ष र उपप्रमुख माओवादीलाई दिने सहमती भएको चर्चा शुरु भएको छ । यो वीचमा कांग्रेस कार्यकर्ताहरु निर्णय प्रति खुशी देखिदैनन् ।
माओवादीले जलजलामा दिपक आचार्य, कुश्मामा शंकर गिरी र फलेवासमा शोभा क्षेत्रीलाई उपाध्यक्ष तथा उपप्रमुखमा निर्णय गरेको सार्वजनिक भएको छ ।
उता, समाजवादी र जसपाले भने गठबन्धनबाट कुन पालिका पाए त्यो सहमतीको जानकारी अझै सार्वजनिक भएको छैन् । कांग्रेस श्रोतका अनुसार महाशिला गाउँपालिकाको उपाध्यक्ष समाजवादीलाई दिने सहमती भएको बुझिनछ ।
यद्यपी गठबन्धनका दलहरुले औपचारिक रुपमा गठबन्धनको निर्णय भने सार्वजनकि गरेका छैनन् ।




