Print

पौष १६ गते पर्वतका ५ पत्रकार पुरस्कृत हुँदै

१४ पौष, पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कारबाट पर्वत जिल्लाका ५ जना पत्रकार पुरस्कृत हुने भएका छन् । यस अघि प्रेस चौतारी जिल्ला शाखा पर्वतले निर्णय गरे बमोजीमका ५ जना पत्रकारलाई आगामी पौष १६ गते पुरस्कार वितरण गरिने शाखाका सचिव सुवास लामिछानेले जानकारी दिए ।

शाखाले पर्वतको कुश्मा बजारमा आयोजना गरेको पुरस्कार वितरण, अग्रज सम्मान तथा विचार बहस कार्यक्रमका उ्रक्त पुरस्कार वितरण गर्न लागिएको हो । एमाले केन्द्रिय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालको उपस्थितीमा चौतारीले पुरस्कार वितरण गर्न लागेको हो ।

पुरस्कार पाउने पत्रकारहरुमा लक्ष्मण सापकोटा, कृष्ण अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसी छन् । उनीहरुले जनही २१ हजार १ सय ११ रुपैंया नगद सहितको पुरस्कार पाउनेछन् । यसैगरी शाखाले शाखामा विशिष्ट योगदान पुराएको भन्दै शाखाका अग्रजहरु भोलानाथ शर्मा, दुर्गाप्रसाद शर्मा, राजेन्द्र पहाडी, इन्द्रमान खत्री, गणेश पौडेल र सन्तोष थापालाई सम्मान गर्न लागेको छ ।