Print

एमाले दशौं महाधिवेशन : पर्वतबाट सांसद गिरी केन्द्रिय सदस्यका आकांक्षी

९ मंसीर, पर्वत । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसीर १० गते देखि चितवनमा शुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनको मंसीर १० गते उद्घाटन र मंसीर ११ गते देखि बन्द शत्र शुरु हुँदैछ ।

एमाले महाधिवेशनमा देश भरका नयाँ युवा नेताहरुले पनि केन्द्रिय सदस्यमा आकाक्षा ब्यक्त गरीरहेका छन् । यस पटकको महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर सर्वसहमत नेतृत्व टुंगाउने विषयमा नेतृत्व तहमा छलफल भईरहे पनि आकाक्षीको संख्या ठूलो भएका कारण नेतृत्व सर्वसहमत हुने सम्भावना भने न्यून रहेको छ ।
सर्वसहमत नेतृत्व चयन नहुँदा महाधिवेशनमा निर्वाचन हुनेछ । आगामी नेतृत्वका लागि भने पर्वत जिल्लाबाट प्रतिनिधि सभाका सांसद तथा पर्वत जिल्ला कमिटिका अध्यक्ष पदम गिरीले आकाक्षा ब्यक्त गरेका छन् ।

केन्द्रिय युवा नेताहरुको सुचिमा पर्ने सांसद गिरीले पछिल्लो समय संसदमा राष्ट्रियता र नेकपा एमालेको पक्षमा शसक्त उपस्थिती देखाए पछि देश भर चर्चामा छन् । पर्वत जिल्ला कमिटिको २०७१ सालमा सम्पन्न आठौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित गिरी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पर्वत जिल्लाबाट प्रत्यक्ष तर्फ निर्वाचित भएका हुन् । प्रतिद्धन्द्धीलाई १३ हजार मतान्तर हराउँदै प्रतिनिधि सभामा निर्वाचित गिरी एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पाटीको जिल्ला अध्यक्ष समेत बनेका थिए ।

देशकै ठूलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा २ पटक निर्वाचित उप सभापति र एक पटक निर्वाचित सभापतिको रुपमा जिम्मेवारी पुरा गरीसकेका छन् ।
युवा नेतृत्वलाई स्थान दिनुपर्ने आवाज उठीरहेका बेलामा युवा सांसदहरुको प्रतिनिधित्व गर्दै सांसद गिरीले एमालेको केन्द्रिय सदस्यमा आकाक्षा ब्यक्त गरेका हुन् । नेतृत्वसंगको सल्लाह र नेता तथा कार्यकर्ताहरुसंगको सुझाबमा आफू केन्द्रिय सदस्यमा उमेदवार बन्ने विषयमा सल्लाह भइरहेको नेता गिरीले बताए ।

पाटी भित्र ओली निकट मानिने गिरीलाई नेतृत्वमा ल्याउनका लागि ओलीको सचिवालय समेत सकारात्मक रहेकाले गिरी नेतृत्वमा आउने सम्भावना रहेको अनुमान गर्न सकिन्छ । विद्यार्थी राजनीति देखि नै युवापुस्ता माझ लोकप्रिय बनेका गिरी पछिल्लो समय संघीय सरकारको मन्त्रीको रुपमा समेत चर्चामा रहका थिए । संविधान विघटन् देखि सवै जसो मुद्धामा ओलीकै पक्षमा संसद भवनमा ओझिलो उपस्थिती देखाएका गिरीलाई देश भरका कार्यकर्ताले रुचाएका युवा पुस्ताको नेताको रुपमा पछिल्लो समय चिनिन थालिएको छ ।

पर्वत जिल्लाबाट गिरीसंगै प्रदेश सांसद विकास लम्साल, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल र पूर्व सांसद कल्पना चापागाई समेत केन्द्रिय सदस्यको आकाक्षी रहेका छन् । प्रदेश सांसद लम्साल प्रदेश सरकारका पूर्व मन्त्री तथा संविधान सभाका सदस्य समेत हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख पौडेल नेकपा एमाले प्रदेश कमिटिका सचिवालय सदस्य समेत हुन् । दलित आन्दोलनमा पाटीको जनवर्गिय संगठनको केन्द्रिय सचिव समेत रहेका पौडेलले पनि केन्द्रिय सदस्यमा इच्छा ब्यक्त गरेका छन् ।

पूर्व वैकल्पिक केन्द्रिय सदस्य चापागाई संविधान सभाका सदस्य समेत हुन उनले पनि केन्द्रिय सदस्यमा आकाक्षा ब्यक्त गरेकी छिन् ।

गिरीको राजनीतिक यात्रा 

– २०४६ सालमा अनेरास्ववियू पाँचौको संगठित सदस्य
– काफल चौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटिको सचिव हुँदै प्रारम्भिक कमिटिको अध्यक्ष
– २०५० मा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववीयू पर्वत पोखरा सम्पर्क कमिटिको अध्यक्ष
– २०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटिको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनिएनको सदस्य
– २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटिको अध्यक्ष
– अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य
– अनेरास्ववियू केन्द्रिय सदस्य
– २०५९ को स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उप समिति
– २०५९ माघ १९ को साही ‘क’ु को विरुद्धमा मुलकुकमा सवै भन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गदै भएको विरोध प्रदर्शनको नेतृत्व
– २०५९ साल माघ २० गते तत्कालीन शाही सेनाको नियन्त्रणमा
– २०६२ सालको स्वतन्त्र विद्यार्थी यूनिएन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित
– अनेरास्ववीयूको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख
– नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारी
– नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित
– २०७४ सालको मंसीर २१ गते भएको आम निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित