५ मंसीर, पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखाको पूर्ण वैठक सम्पन्न भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी जम्प स्थित द क्लिप रिर्पोटमा प्रेस चौतारी पर्वत शाखाको वैठक सम्पन्न भएको हो । वैठकले यस बर्ष ४ जना पत्रकारलाई सृजनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको शाखाका सचिव सुवास लामिछानेले जानकारी दिए ।
पुरस्कार प्राप्त गर्ने पत्रकारहरुको चयन गर्न चौतारीले शाखाका संस्थापक तथा पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माको संयोजकत्वमा गणेश पौडेल र सन्तोष थापा सदस्य रहने गरी पुरस्कार छनौट समितिको गठन गरेको छ । यसैगरी वैठकले सदस्यता नविकरण तथा विस्तार कार्य विगत केहि बर्ष देखि बाँकी रहँदै आएकाले संगठनलाइ अझै ब्यवस्थित, चुस्त र संस्थागत बनाउने निर्णय गरेको लामिछानेले जानकारी दिए ।
शाखाका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको वैठकले प्रेस चौतारी पर्वतका संस्थापक दुर्गाप्रसाद शर्मा नेकपा एमालेको प्रदेश कमिटि सदस्य, पूर्व अध्यक्ष गणेश पौडेल कुश्मा नगर कमिटि सचिव तथा कोषाध्यक्ष शान्ति सुवेदी वडा उप सचिव पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन समेत गरेको छ
वैठकले प्रेस काउन्सिल नेपालले विगत ३ बर्ष देखि पत्रपत्रिकाहरुको वर्गिकरण कार्य रोकेर मोसफलमा रहेका मिडियाहरुको नियमित वर्गिकरण प्रभावित पारेको हुँदा प्रेस काउन्सिल नेपाल सुचना विभाग र सम्बन्धित निकायलाई पत्रपत्रिकाको वर्गिकरणको प्रक्रिया तत्काल अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले मिडियालाई अंकुश लगाउनका लागि गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार ऐन आम पत्रकारिता विरोधी भएको हुँदा तत्काल ऐन संसोधन नगरी संसदबाट पास नगर्न चेतावनी समेत दिएको छ । वैठकमा शाखाका सदस्यहरुसंगै पूर्व अध्यक्ष र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।




