५ असोज, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा १० पिपलटारीमा २१ बर्षिय युवकको शव फेला परेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कुनपा १० पिपलटारी बाँझखेतमा २१ बर्षिय सन्तोष मगरको शव फेला परेको हो ।
चितवन जिल्ला भरतपुर नगरपालिका वडा न १६ आहाले घर भइ पिपलटारीमा वस्दै आएका मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव बुधवार विहान ८.३० बजे फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण बारे भने प्रहरीले उल्लेख गरेको छैन् ।




