Print

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

४ असोज, पर्वत । एक युवा ब्यावसायी तथा लायन्सकर्मीले जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गरेका छन्।

नेपाल बाल संगठन पर्वतका संयोजक, लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष तथा युवा संघ नेपालका सचिबालय सदस्य समेत रहेका अर्जुन पौडेल निर्जनले कुश्माको खरेहामा संचालित समता विद्यालयमा विभिन्न खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

विपन्न समुदायका बालबालिकाले अध्ययन गर्दै आएको सो विद्यालयमा पुगेर बाल फ्यान, फुटबल, साना भलिवल, डिजिटल बोर्ड, रिङ्ग, स्केपिङ्ग, डोरी लगायतका सामाग्री सहयोग गरेका हुन् । कार्यक्रममा लायन्स क्लव ३२५ वि वानका नेपाल क्लष्टर चिफ अर्जुन चापागाईले जन्मदिनहरुमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउनु सह्रायिन काम भएको बताए ।

उनले हरेक व्यक्तिले यस्ता कार्यको सिको गर्नुपर्नेमा जोड दिए। उनले लायन्स क्लव अफ गुप्तेश्वर पर्वतका ८ वटा क्लबहरु मध्ये अब्बल बन्दै गएको समेत बताए ।
कार्यक्रममा लायन्स क्लव अफ गुप्तेश्वरका संस्थापक अध्यक्ष हरिओम शर्मा लामिछाने, कुश्मा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल, समता विद्यालयका प्रअ विमा पुन लगायतले श्ुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।