६ भदौ पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश सचिव गोविन्द नेपालीले नेकपा एमाले वैचारिक बिमक्तिका कारण नभई नेताको ब्यक्तिगत स्वार्थका कारण विभाजन भएको बताएका छन् । एमालेमा कुनै वैचारिक विमक्ति नरहेको भन्दै नेता नेपालीले केहि नेताहरुले आत्म मान र सम्मान पाइन भन्ने नाउँमा पाटीलाई विभाजन गरेको आरोप लगाएका हुन् ।

‘नयाँ पाटी समाजवादीको विचार के हो ? सिद्धान्त के हो ? मार्गदर्शक सिद्धान्त के हो’ नेता नेपालीले प्रश्न गरे रिस, डाहा र इश्र्या बोकेर माधव नेपाल पाटी फुटाएका हुन् । नयाँ पाटीको कुनै पनि रणनैतिक र कार्य नैतिक लक्ष्य एमाले भन्दा फरक नहुने भन्दै पाटी भित्र सम्मान कम पाइयो भन्ने नाउँमा पाटी फुटाइयो जिकिर गरे ।
जनताको बहुदलीय जनबाद भन्दा फरक सिद्धान्तको आधारमा पाटी सञ्चालन नहुने भए पछि एमाले मै बसेर संघर्ष गर्नुपर्नेमा महाधिवेशन नआउँदै अध्यक्ष माग्ने र त्यो नपाए भनेर पाटी फुटाउनु दुःखत रहेको नेता नेपालीको भनाई छ ।
एकिकृत पाटी नेकपा हुँदा नै पाटी अध्यक्ष र प्रधानमन्त्रीलाई पाटीको साधारण सदस्यता समेत नरहने गरी हटाउने र पाटी प्यालेसबाट नयाँ अध्यक्ष घोषणा गर्ने कुरा पाटीको विधान विपरित रहेको उनले स्मरण गरे । नेकपा हुँदा नै कुुर्चि मोह पलाएका नेताहरुले फेरी एमाले फुटाएको भन्दै दिशा विहान त्यो पाटीमा कोही कार्यकर्ता नलाग्ने नेता नेपालीको भनाई छ ।
मदन भण्डारी फाउण्डेसनको पर्वत जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालीले मदन भण्डारीले अंगिकार गरेको जनताको बहुदलीय जनबादले विश्व कम्युनिष्ट आन्दोलनले नयाँ स्वरुप पाएको बताए । सवै एमाले कार्यकर्ताले जवजको अनुसरण गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्न नेता नेपालीको धारणा थियो ।
भेलामा नेकपा एमाले प्रदेश कमिटि सदस्य विकास लम्साल, मनोहर वि पौडेल, मेघनाथ सुवेदी, प्रेम लामिछाने, हिरादेवी शर्मा, राम गिरी प्रदेश सभा सदस्य जुनादेवी नेपाली महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल र पाटी उप सचिव गोविन्द पहाडीले जवजको विषयमा आफ्नो धारणा राखेका थिए ।
फाउण्डेनका अध्यक्ष प्रेम पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देवेन्द्रराज पाण्डे स्वागत तेजप्रसाद क्षेत्रीले गरेका थिए ।




