२६ जेठ, पर्वत । जिल्लामा पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका ९ हजार ९ सय ११ जना जेष्ठ नागरिकले दोस्रो खोप लगाउन पाएका छैनन् । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमका अनुसार समयमै खोप नआउँदा ति नागरिक दोस्रो खोप लगाउनबाट बच्चित भएका हुन् ।




सरकारले पहिलो उमेर समूहमा ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि खोप कोभिसिल्ड खोप लगाएको थियो । पर्वत जिल्ला भर त्यस्ता नागरिक मध्ये कुल ९ हजार ९ सय ११ जनाले खोप लगाएका छन् । दोस्रो खोप लगाउने समय भएपनि सरकारले खोप उपलब्ध नगराउँदा खोप सेवा प्रभावित भएको स्वास्थ्य कार्यालयको भनाई छ ।

सरकारले उपलब्ध गराएका निशुल्क खोप जिल्ला भरका जेष्ठ नागरिकले लगाएका थिए । पहिलो खोप लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो डोजको खोप लगाउनपर्ने हुन्छ । तर सरकारले समयमा खोपको ब्यवस्थापन गर्न नसक्दा ति उमेर समूहका नागरिक प्रभावित भएका छन् ।



