Print

विपन्नको सारथी बन्दै युवा संघ पर्वत : कोभिड संक्रमीत देखि गर्भवती महिलाको उद्धार पनि

१० जेठ, पर्वत । सत्तारुद्ध दल नेकपा एमाले निकट युवा संघले यति बेला पर्वत जिल्ला भर उद्धार र सहयोग सम्बन्धि कार्यक्रम अघि बढाएको छ । विपद्को बेलामा गरिब र निमुखा वर्गको सारथी बन्ने उद्घोषका साथ शुरु गरेको उद्धार कार्यक्रम जिल्लाको जलजला गाउँपालिकाबाट शुरु गरिएको थियो । अभियान अहिले जिल्लाभर सञ्चालनमा छ ।

जिल्लाको जलजला गाउँपालिकामा युवा संघले संस्थागत रुपमा कोभिडका विरामीहरुको उद्धार, कोभिडबाट मृत्युहुनेहरुको शव ब्यवस्थामा सरकारलाई सहयोग गर्दै आइरहेको छ । युवा संघका नेता विज्ञानराज शर्माले शुरुवात गरेको अभियानलाई युवा संघले संस्थागत रुपमा जिल्ला भरी सञ्चालन गरेको हो ।

कोभिडका संक्रमीतहरुलाई घरबाटै उद्धार गरेर अस्पताल लैजाने, औषधि र अस्पतालमा वेड मिलाउनेसम्मका काम गरेको युवा संघले गर्भवती महिलाहरुलाई समेत उपचारका लागि अस्पताल पुराउने कार्यमा सहयोग गरेको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ५ लेकफाँटबाट गम्भिर स्वास्थ्य समस्या देखिएपछि गर्भवती महिलाको उद्धार गरी वेनी अस्पताल ल्याए पनि उपचार त्यहाँ हुन नसकेपछि पोखरा लगिएको शर्माले बताए ।

प्रसुति ब्यथा लागेपछि उपचारका लागि अनुरोध भएकाले महिलालाई लेकफाँट देखि वेनी अस्पताल पुराएको युवा संघका नेता कृष्ण पौडेल (काले) ले बताए । युवा संघकै पहलमा लेकफाँट देखि वेनी अस्पताल लगे पनि वेनीमा पनि उपचार हुन नसकेपछि युवा संघले वेनी देखि पोखरा लगेको युवा संघका नेता पौडेले जानकारी दिए ।

‘कोहि पनि उपचारको अभावमा मर्न नपरोस भनेर हामी दिन रात लागि रहेका छौ’ विज्ञान भन्छन–‘कुनै पनि समस्या परेमा हामी संस्थागत रुपमा सहयोग गर्न तयार छौं ।’ विज्ञानका अनुसार पोखराको गण्डकी अस्पतालमा भर्ना गरेर उपचार खर्च समेत सामाजिक विकास मन्त्रालयबाट मिलाउनका लागि पहल युवा संघले गरेको छ ।
‘राजनीति भनेकै समाज सेवा हो’ विज्ञान भन्छन्–‘एउटा नेपालीलाई विपद् पर्दा अर्को नेपालीले सहयोग गर्नु पनि नागरिकको दायित्व हो ।

युवा संघको जलजलास गाउँ कमिटिले संस्थागत रुपमा क्यू रेक्सपोन्ट टिमको गठन गरेको छ । समस्या परेर फोन आएमा आफूहरु २४ औं घण्टा उद्धार र सहयोगमा जुटिरहेको युवा जलजला गाउँकमिटिका नेता विकास गिरी बताउँछन् । युवा संघको अगुवाईमा समस्यामा परेकाहरुको उद्धार र राहतकार्य निरन्तर भइरहेको गिरीले बताए ।

जिल्लाका जलजला गाउँपालिकाका नेता शर्मा जलजलासंगै म्याग्दीको बेनी र जिल्ला सदरमुकामसम्म विरामीको उद्धार र शव ब्यवस्थापन कार्यमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला भरका युवाका नेताहरु अहिले उद्धार कार्यमा प्रयोग हुन आब्हान गरिएको युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेल बताउँछन् । युवा संघले संस्थागत रुपमा उद्धार टोली गठन गरेका कारण समस्यामा परेकाले उक्त टोलीलाई सम्पर्क गर्दा सकेसम्मको छिटो उद्धार गरेर अस्पतालको प्रवन्ध गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

जिल्लाबासीलाई कहि पनि समस्या नपरोस भनेर युवाहरु यति बेला स्वयम्सेवक बनेर काम गरीरहेको युवा संघका केन्द्रिय सचिव तथा मोदी गाउँपालिका प्रवक्ता बिमल लामिछाने बताउँछन् । बढिजसो सदरमुकाम भन्दा पररहेका वस्तीहरुमा विरामी हुँदा तत्काल उपचार नपाउने समस्यालाई समाधान गर्न अस्पतालसम्म पुराउने प्रवन्ध युवा संघका नेताहरुले गरीरहेको लामिछानेको भनाई छ ।