Print

पर्वतमा थप ३ जनाको मृत्यु

३ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणबाट मर्नेको संख्या प्रत्येक दिन बढिरहेको छ । प्रति दिन शुन्य मृत्यु दर रहेको पर्वतमा विगत १ हप्तामा प्रत्येक दिन कम्तिमा १ जनाको दरले मृत्यु भइरहेको छ ।

आज सार्वजनिक भएको तथ्यांकमा पर्वत जिल्लामा ३ जनाको मृत्यु देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार जिल्लामा वितेको २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुमा कुश्मा नगरपालिका वडा न ३ का ८२ बर्षिया पुरुष रहेका छन् ।

उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । यसैगरी कुश्मा नगरपालिका वडा न ५ का ६४ बर्षिया संक्रमीत महिलाको पनि उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको छ । यसैगरी फलेवास नगरपालिका वडा न ६ का ४८ बर्षिया पुरुषको पनि संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

योसंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २१ पुगेको छ ।