२७ मंसीर, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतको भवनमा अन्य भौतीक पूर्वाधार निर्माणका लागि प्रतिनिधि सभाका सांसद पदम गिरीले रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सांसद मार्फत आउने पूर्वाधार विकास साझेदारी कार्यक्रमवाट यस वर्ष रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका हुन् । शुक्रवार नेपाल पत्रकार महासंघ पर्वतको कार्यालय सञ्चारकर्मीहरुसँगको भेटमा सांसद गिरीले पत्रकारहरुको पेशा र कोभीड १९ ले पारेको समस्याप्रति आफु गम्भीर रहेको बताउँदै संस्थागत विकासका लागि यस वर्षको बजेटवाट रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
स्थापनादेखि १३ वर्षसम्म भाँडाको घरमा संचालन हुँदै आएको पत्रकार महासंघ पर्वतको भवन गत वर्ष सांसद गिरीकै पहलमा वडागाउँस्थित साविक जिल्ला शिक्षा कार्यालयका खाली भवनमा स्नान्तरण गरिएको थियो । उक्त भवनमा शौचालय, कम्पाउण्ड लगायत मर्मत सम्भारका लागि आर्थिक समस्या रहेका बेला सांसद गिरीले रु १० लाख रकम बिनीयोजन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि सहज हुने भएको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताए ।
भेटका अवसरमा पत्रकारहरुलाई सम्वोधन गर्दै सांसद गिरीले कोभीड-१९ का कारण पर्वतका संचार माद्याम र संचारकर्मीहरुले भोग्नुपरेको समस्या नजिकवाट नियालीरहेको बताए । उनले संचार क्षेत्रको सवलीकरण र संचार माद्यामहरुको निरन्तरताका लागि आवश्यक पहल गर्ने पनि बताएका छन् । । सांसद गिरीले स्थानीय सरकारहरुलाई स्थानीय सञ्चार माद्यामप्रति उदार भाव देखाउन समेत आग्रह गरेका थिए ।
सो अवसरमा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले संस्थाको लागि भवन दिलाउन पहल गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न आग्रह गरे । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले वर्तमान अवस्थामा पर्वतमा संचारमाद्याम र क्रियाशिल संचारकर्मीहरुको समस्या र अवस्थाका बारेमा जानकारी गराएका थिए ।




