२७ मंसीर, पर्वत । प्रतिनिधि सभाका सदस्य पदम गिरीले कोभिडका कारण पत्रकार र सञ्चार माध्यमले भोगेका समस्याहरु प्रति गम्भिर चासो ब्यक्त गरेका छन् । पत्रकार महासंघ पर्वतको कार्यालयमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गिरीले कोभिडका कारण गुमेको विज्ञापन बजारका कारण पत्रकार र सञ्चार माध्यम निकै अप्ठयारो अवस्थामा रहेको बताए ।
उनले राज्यको निकै महत्वपूर्ण निकायले बेहोरेको यस्तो समस्या समाधान गर्नका लागि राज्यका सवै सरकारहरु गम्भिर हुनुपर्ने धारणा राखे । उनले ब्यक्तिगत रुपमा आफू यो विषयमा निकै संवेदनशिल रहेको भन्दै आफूले पत्रकारका समस्या समाधानका लागि प्रहल गर्ने बताए ।
सांसद गिरीले पत्रकारहरुलाई सम्वोधन गर्दै कोभीड-१९ का कारण पर्वतका संचार माद्याम र संचारकर्मीहरुले भोग्नुपरेको समस्या नजिकवाट नियालीरहेको बताए । उनले संचार क्षेत्रको सवलीकरण र संचार माद्यामहरुको निरन्तरताका लागि आवश्यक पहल गर्ने पनि बताएका छन् । । सांसद गिरीले स्थानीय सरकारहरुलाई स्थानीय सञ्चार माद्यामप्रति उदार भाव देखाउन समेत आग्रह गरेका थिए ।
सो अवसरमा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले संस्थाको लागि भवन दिलाउन पहल गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न आग्रह गरे । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले वर्तमान अवस्थामा पर्वतमा संचारमाद्याम र क्रियाशिल संचारकर्मीहरुको समस्या र अवस्थाका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ पर्वतको भवनमा अन्य भौतीक पूर्वाधार निर्माणका लागि प्रतिनिधि सभाका सांसद पदम गिरीले रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सांसद मार्फत आउने पूर्वाधार विकास साझेदारी कार्यक्रमवाट यस वर्ष रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका हुन् । शुक्रवार नेपाल पत्रकार महासंघ पर्वतको कार्यालय सञ्चारकर्मीहरुसँगको भेटमा सांसद गिरीले पत्रकारहरुको पेशा र कोभीड १९ ले पारेको समस्याप्रति आफु गम्भीर रहेको बताउँदै संस्थागत विकासका लागि यस वर्षको बजेटवाट रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
स्थापनादेखि १३ वर्षसम्म भाँडाको घरमा संचालन हुँदै आएको पत्रकार महासंघ पर्वतको भवन गत वर्ष सांसद गिरीकै पहलमा वडागाउँस्थित साविक जिल्ला शिक्षा कार्यालयका खाली भवनमा स्नान्तरण गरिएको थियो ।




