१६ कार्तिक, पर्वत । जिल्लाको दक्षिणबर्ति क्षेत्र विहादी । सदरमुकामबाट १२ कोष पर । एक दिन भर हिडेर जानुपर्नेपर्ने । मुकाम आउन पनि एक दिनभर हिड्नुपर्ने । पैदल यात्रा पनि निकै सास्तीपूर्ण । खबरको भिरको भिमकाय बाटो । चिप्लेर लडियो भने, कालीगण्डकी नदीको तिरमा पुगिने । अप्ठ्यारो साहै पनि, हिड्न गाह्रो पनि । सानो र चिप्लो पैदल बाटो ।
नदीको किनारै किनारको यात्रा गरेर सदरमुकाम आउनेहरु यति बेला दङ्ग परेका छन् । तत्कालीन नेपाल सरकारले राष्ट्रिय गौरबको आयोजनामा कालीगण्डकी करिडोरको अवधारणा अघि सा¥यो । कालीगण्डकी नदीलाई आधार मानेर उत्तर चिन देखि दक्षिण भारत जोड्नका लागि सडकको अवधारणा सरकारले अघि ल्याएको हो । नदीको तटिय क्षेत्रलाई आधार मानेर उत्तर देखि दक्षिणसम्म सडक खन्ने योजना बन्यो । नदीले बागलुङ गुल्मीलाई एका तर्फ पारेर बगेको छ, भने पर्वत र स्याङजालाई अर्को छेउमा पारेर बगेको छ । शुरुमा पर्वत खण्ड हुँदै सडक अघि बढ्ने भनिएपनि पछि सरकारले गुल्मी र बागलुङलाई मुख्य मार्ग बनाउने भयो ।
करिडोरको कथा पर्वतमा ओझेल परेको अनुभूति भइरहेको बेलामा सरकारले पर्वत खण्डलाई फेरी लोकमार्गको रुपमा अघि बढाउने गरी काम अघि बढायो । त्यो सडक अहिले निर्माणकै क्रममा छ । तर, निर्माणकै क्रममा पनि पर्वत खण्डका विहादी क्षेत्रले काचुलि फेरेको छ । ट्रयाक्क मात्र खनिएको बाच्छा र बर्राचौर खण्डको खबरको भिरले अहिले विस्तारीत रुप पाएको छ । चाक्लो र फराकिलो सडकमा अहिले यात्रा गर्न पाइएको छ ।
बर्राचौर देखि पाङराङसम्मको सडक फराकिलो र ग्रावेल सहितको बनेको छ । पाङराङ देखि कुर्घा र फलेवास ढिकसम्मको काम भने हुँदैछ । यो सडक निर्माणकै चरणमा हुँदा अहिले दक्षिण पर्वतको विहादी पुग्न र विहादी देखि कुश्मा सदरमुकाम पुग्नका लागि धेरै समय नलाग्ने भएको छ । फराकिलो सडकमा चौडा छाति बनाएर अहिले सवारीहरु चल्न थालेका छन् ।
सेतीवेणी–रानीपानी
यतिबेला सेतीवेणी देखि रानीपानीसम्मको खण्डको कालोपत्रेको काम अघि बढिरहेको छ । झण्डै ४१ करोड रुपैंयाको लागतमा उक्त सडक खण्डमा कालोपत्रेको लागि निर्माण कार्य अघि बढिरहेको छ । संघीय सरकारले हेर्ने गौरबको आयोजना भएका कारण उक्त खण्डको टेण्डर आब्हान र निर्माण कार्य कालीगण्डकी करिडोर आयोजनाले गरीरहेको छ । उक्त खण्डमा सडक चाक्लाबन्दी गर्ने, नाली सहित सडक पक्कि बनाउने कार्य अघि बढिरहेका छ ।
रानीपानी देखि फलेवास ढिक
यो खण्ड अन्तर्गत रानीपानी देखि ढिकसम्म सडक चाक्लाबन्दी र ग्रावेल गर्ने काम भइरहेको छ । जस अन्तर्गत रानीपानी, बर्राचौर र बाच्छा खण्डमा ग्राबेलसम्मको सवै काम सकिएको छ । तर, पाङराङ र कुर्घा खण्डमा भने ग्राबेलको काम अझै बाँकी रहेको छ । अहिले यो खण्डलाई कालोपत्रे गर्ने गरी टेण्डर आब्हान गर्नका लागि सरकारले काम शुरु गरेको छ । बजेटको सुनिश्चितता भए लगतै सडक कालोपत्रेको लागि प्रक्रिया अघि बढनेछ ।
फलेवास ढिक देखि अर्मादी खण्ड
जिल्लाको फलेवास नगरपालिकाको देविस्थान ढिक देखि खानीगाउँ, मुडिकुवा हुँदै सडक मोदीवेणीमा आइपुग्छ । यो खण्डमा सडक ट्रयाक्क खन्न अझै पनि बाँकी रहेको छ । फलेवास क्षेत्रको मोदीवेणी घाटमा सडकको ट्रयाक्क खन्ने काम थोरै बाँकी छ । यो खण्डमा मोदीखोला माथि भने पक्कि पुल निर्माण भइसकेको छ । यसैगरी मोदीवेणी देखि अर्मादीसम्म पनि मोदीवेणी क्षेत्रमा ट्रयाक्क खन्ने काम बाँकी रहेको छ । यो खण्डलाई स्तराउन्नती गरी सडक पक्कि बनाउने कार्य भने अहिलेसम्म योजनामा परेको देखिन्न ।
मालढुंगा देखि वेनी खण्ड
जिल्लाको कुश्मा नगरपालिका वडा न ४ अर्मादीमा सडक आइपुगे पछि त्यो सडक झण्डै ४ किलोमिटर मध्यपहाडी लोकमार्गसंगै जोडिन्छ । मध्यपहाडी लोकमार्गको अर्मादी मालढुंगा खण्ड पुगेपछि सडक पुनः उत्तर तर्फ मालढुंगा वेनी खण्डमा पुग्छ । अहिले मालढुंगा देखि वेनीसम्मको लागि सडक कालोपत्रे गर्ने चाक्लाबन्दी गर्नका लागि टेण्डर आब्हान भएको छ । उक्त सडकलाई टु लेनको बनाउने र करीडारेको मापढण्डमा पुराउने गरी सरकारले निर्माण कम्पनी छनौटका लागि टेण्डर आब्हान गरेको छ । अर्थ वीट साप्ताहिकबाट




