१६ कार्तिक, पर्वत । कालीगण्डकी करीडोर अन्तर्गत दुई वटा भाग छन् । पहिलो भाग गुल्मी र बागलुङ हुँदै अघि बढ्छ । दोस्रो भाग स्याङजा र पर्वत हुँदै जान्छ । पर्वत र स्याङजाको भागलाई कालीगण्डकी लोकमार्गको नाम दिइएको छ भने, गुल्मी र बागलुङ खण्को नाम कालीगण्डकी करीडोर भनिएको छ । तर, दुवै सडकको गन्तब्य भने उत्तर चिन र दक्षिण भारत नै हुन् ।
दुई भागमा काम भएर अघि बढिरहेको सडकको बागलुङ तथा गुल्मी खण्डका विभिन्न भागहरुका कालोपत्रेको काम अघि बढिरहेको छ । एता, पर्वतमा पनि सेतीवेणी देखि रानीपानीसम्मको सडकमा पनि कालोपत्रेको काम अघि बढेको छ । रानीपानी देखि फलेवास ढिक हुँदै अर्मादी जोड्ने सडकमा भने ट्रयाक्क खन्ने र स्तरोउन्नती गर्ने कार्य अघि बढिरहेको छ ।
सडक खण्ड अन्तर्गतजिल्लाको कुश्मा नगरपालिका वडा न ४ अर्मादीमा सडक आइपुगे पछि त्यो सडक झण्डै ४ किलोमिटर मध्यपहाडी लोकमार्गसंगै जोडिन्छ । मध्यपहाडी लोकमार्गको अर्मादी मालढुंगा खण्ड पुगेपछि सडक पुनः उत्तर तर्फ मालढुंगा वेनी खण्डमा पुग्छ । अहिले मालढुंगा देखि वेनीसम्मको लागि सडक कालोपत्रे गर्ने चाक्लाबन्दी गर्नका लागि टेण्डर आब्हान भएको छ ।
उक्त सडकलाई टु लेनको बनाउने र करीडारेको मापढण्डमा पुराउने गरी सरकारले निर्माण कम्पनी छनौटका लागि टेण्डर आब्हान गरेको छ । योसंगै कालीगण्डकी करीडोर भनेर बागलुङ हुँदै अघि बढेको सडक पनि यहि सडकमा आएर सम्माहित हुने भएको छ । कालीगण्डकी करीडोरको मुख्य खण्ड अन्ततः पर्वत जिल्लाकै मार्ग हुँदै जाने भएको हो ।
यस अघि मालढुंगासम्म आइपुगेको बागलुङ खण्ड बागलुङ हुँदै अघि बढ्ने वा पर्वतमा जोडिने अन्यौल थियो । आज नेपाल समारचापत्र दैनिकमा करिडोरको मालढुंगा वेनी खण्डको स्तरोउन्नती गर्ने गरी बोलपत्र आब्हान भएपछि यो अन्यौल हटेको हो ।





