Print

पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित

४ असोज, पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनले ठाकूर वि पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

उपाध्यक्ष मोहलाल विश्वकर्मा, विनोद विक्रम पोख्रल सचिव कुल वहादुर सुनार, कोषाध्यक्ष कृष्ण विश्वकर्मा,सहसचिव सुर्य रसाइली, सहकोषाध्यक्ष टिकाराम विश्वकर्मा,सदस्यहरु सुजन विश्वकर्मा , भुवन विश्वकर्मा ,धनराज वि।पौडेल, प्रकाश विश्वकर्मा ,विकास श्रेष्ठ ,नवीन विश्वकर्मा, ओम बहादुर विश्वकर्मा र विवेक सुनारलाई निर्वाचित गरेको छ ।

निवर्तमान अध्यक्ष विकास विश्वकर्माको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मनोहर विश्वकर्मा पौडेल ले व्यवसायी हरु राज्यको नितिनियम मा रहेर मर्यादित रुपले जिम्मेवार भई व्यवसाय संचालन गर्न आग्रह गर्नु भयो । निवर्तमान कार्य समितिले सफलतापुर्बक कार्यसम्न गरेकोमा समिति लाई बधाई तथा आउने कार्य समिति लाई सफल कार्य को लागि शुभकामना दिनुभएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघ का उपाध्यक्ष निर्मल विश्वकर्मा, पुर्व अध्यक्ष लखन सुनार, सल्लाहकार तथा फलेवास नगरपालिका ११ का वडाअध्यक्ष जितवहादुर सुनार,सुनचाँदी व्यावसायी महिला समुहकि अध्यक्ष तारा विश्वकर्मा लगायतले शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रमकमा स्वागत उपाध्यक्ष कृष्णवहादुर सुनारले र संचालन सचिव विनोद विक्रम पोख्रेल गर्नु भएको थियो ।