२ असोज, पर्वत । जिल्लामा एक जनामा देखिएको कोरोना संक्रमण पछि गरिएको कन्ट्रयाक्ट्र टे«सिङ सहित अन्य कुल ९४ जनाको रिर्पोट नेगेटिभ आएको छ । ट्रेसिङ गरिएकोमा थप १ जनामा भने कोरोना पोजेटिभ देखिएको छ । उनी संक्रमीत ब्यक्तिको परिवार सदस्य नै रहेको बताईन्छ । यस बाहेक अन्य एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ की एक ५७ वर्षिया महिला र वडा नं. ७ गोदामका वर्ष ३७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित महिला यस अघि संक्रमण पुष्टि भएका बृद्धको परिवारका सदस्य हुन भने अर्का पुरुष नेपाली सेनाको जवान रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै पर्वतमा कोरोना संक्रमितको सख्ंया ११४ पुगेको छ ।
संक्रमितहरुलाई पर्वतको अस्थायि कोरोना अस्पतालको आइशोलेशनमा लैजाने तयारी भैरहेको सिसीएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ घर भइ कुश्मा बजारमा बस्दै आएका एक जना सामाजिक अगुवामा कोरोना संक्रमण पुुष्टि भएपछि अन्यको पनि कोरोना परिक्षण गरिएको थियो ।
समुदायका ब्यक्तिमा कोरोना देखिएको भन्दै एक साता कुश्मा बजारमा लक डाउन समेत गरिएको थियो । तर ट्रसिङ गर्दा समुदायका अन्यमा भने संक्रमण पुष्टि भएको छैन ।




