१७ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ धनेश्वर चोकबाट पोखरा गएका एक युवामा संक्रमण पुष्टि भएको छ । पोखराको एक वैंकमा कार्यरत उनी भदौ १ गते कुश्मा आएका थिए । परिवारसंग बसेर उनी भदौ ९ गते पोखरा फर्किएका हुन् । पोखरा फर्किएका उनमा भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको हो । कुश्मामा १ साता भन्दा बढि समय बसेका उनमा कोरोना पुष्टि भएसंगै कुश्मा स्थित उनको परिवार र छिमेकीको स्वाब परिक्षण गरिएको छ ।
कुश्मा ६ पर्वत स्थित धनेश्वर चोकमा उनको परिवारले ब्यवसाय सञ्चालन गर्दै आइरहेको थियो । उनको घरमा ट्यु्सन पढन आउने देखि उनको नजिक सम्पर्कमा रहेका ९ जनाको स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए । भदौ ९ गते उनी प्रदेश सरकारका मन्त्री विकास लम्सालको गाडीमा पोखरा फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।
कुश्मामा रहँदा उनी सामाजिक सम्पर्कमा आएका कारण संक्रमण फैलिएको आशंक गरिएको थियो । सम्पर्कमा रहेकाहरुको रिर्पोट नेगेटिभ आएसंगै उनमा संक्रमण पोखरा गएपछि सरेको हुनसक्ने आशंका गरिएको छ । कुश्मामा रहेको उनको परिवारलाई भने अझै केहि दिन होम क्वारेन्टाइनमा रहन र सम्पर्कका आएकाहरुर्लाइ पनि क्वारेन्टाइनमै बस्न अनुरोध गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
योसंगै हालसम्म पर्वतमा समुदाय स्तरमा संक्रमण देखिएको छैन् । हिजो मात्रै फलेवास नगरपालिकाबाट झण्डै १ सय १५ जनाको संख्यामा समुदाय स्तरका मानिसहरुको स्वाब संकलन गरी परिक्षणको लागि पठाइएको छ ।




