Print

पर्वतमा संक्रमणको दर घट्यो, थप १ सय जनाको रिर्पोट नेगेटिभ

४ साउन, पर्वत । जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको छ । परिक्षणको दायरा क्वारेन्टाइन र सम्पर्क ब्यक्तिहरुमा गरिए पनि उनीहरुमा संक्रमण देखिने दर न्यून हुँदै गएको छ । आइतबार मात्रै स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार १ सय १ जनाको परिक्षण गर्दा १ सय जनाको रिर्पोट नेगेटिभ आएको छ । बाँकी १ जनाको मात्रै रिर्पोट पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएका ब्यक्ति जलजला गाउँपालिकाका हुन । रिर्पोट नेगेटिभ आएकाहरु मध्ये क्वारेन्टाइनमा बसेका ४४ जना नेपाल प्रहरीका २ जना चालक ६ जना र संक्रमीतको सम्पर्कमा रहका ३ जना तथा २ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको भण्डारीले जानकारी दिए ।

यसैगरी आज मात्रै थप नेपाल प्रहरीका ७ जना सम्पर्कमा आएका थप १० जना र क्वारेन्टाइनमा बसेका थप २६ जनाको रिर्पोट नेगेटिभ देखिएको भण्डारीले जानकारी दिए ।

आज थप १ जनाको रिर्पोट पोजेटिभ आएसंगै कुल संक्रमीत संख्या ९६ पुगेको छ । जसमध्ये ८७ जना भने निको भइ घर फर्किएका छन् । बाँकी ९ जना आइसोलेसनमा भर्ना भएका छन् ।