२७ असार, पर्वत । जिल्लामा संक्रमीत हुने दर घट्दै गइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दिएको जानकारी अनुसार संक्रमीत भन्दा निको हुनेको संख्या उच्च देखिएको छ । पछिल्लो १ हप्तामा मात्र १ जना संक्रमीत भेटिएका छन् । योसंगै पोजेटिभ देखिनेको संख्या भने ९१ पुगेको छ ।
एक जना २५ बर्षिया महिलामा पोजेटिभ संक्रमण भेटिएको छ । यो बाहेक १ हप्ताको अवधिमा अरु संक्रमीत भेटिएका छैनन । क्वारेन्टाइनमा बसेकाहरुको पनि रिर्पोट नेगेटिभ आउन थालेको छ । उता, समुदायमा गरिएको स्वाब संकलनमा पनि पोजेटिभ केस फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार आज मात्रै थप २० जना डिस्चार्ज हुँदैछन् । आइसोलेसनमा राखिएका मध्ये थप २० जनाको रिर्पोट नेगेटिभ आएर उनीहरु डिस्चार्ज हुन लागेका हुन । अहिले आइसोलेसनमा हिजो थप भएकी एक महिला सहित ५२ जना भर्ना भए काछन् । २० जना डिस्चार्ज हुँदा अव आइसोलेसनमा २० जना मात्र भर्ना भइरहेका छन् ।
क्वारेन्टाइनमा बसेकाहरु मध्ये १९ जनाको रिर्पोट आज नेगेटिभ आएको छ ।




