२७ असार, पर्वत । जिल्लामा कोरोना संक्रमीत निको हुनेको संख्या ७१ पुगेको छ । आज मात्र २० जना आइसोलेसन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना रिर्पोट नेगेटिभ आएसंगै अस्पतालबाट डिस्चार्ज गरिएको सुचना स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।
पर्वत जिल्लामा पछिल्लो १ हप्तामा मात्र १ जना संक्रमीत भेटिएका छन् । योसंगै पोजेटिभ देखिनेको संख्या भने ९१ पुगेको छ ।
एक जना २५ बर्षिया महिलामा पोजेटिभ संक्रमण भेटिएको छ । यो बाहेक १ हप्ताको अवधिमा अरु संक्रमीत भेटिएका छैनन । क्वारेन्टाइनमा बसेकाहरुको पनि रिर्पोट नेगेटिभ आउन थालेको छ । उता, समुदायमा गरिएको स्वाब संकलनमा पनि पोजेटिभ केस फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अव आइसोलेसन अस्पतालमा २० जना मात्रै रहेका छन् ।




